नेतृत्व परिवर्तनबारे झाँक्री– अहिले नै छलफलको विषय बनाउनु हतार हुन्छ

सोमबार, २५ फागुन, २०८२
डिजिटल संस्करण
नेतृत्व परिवर्तनबारे झाँक्री– अहिले नै छलफलको विषय बनाउनु हतार हुन्छ

फाइल तस्बिर

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले अहिले नै नेतृत्व परिवर्तनको विषयमा छलफल गर्नु हतार हुने बताएकी छिन्। सोमबार राष्ट्रिय सभा सदस्यको रूपमा शपथ लिएपछि पत्रकारले सोधेको प्रश्न झाँक्रीले यस्तो बताएकी हुन्।

‘कतिपय विषयहरू आन्तरिक मामला हुन्, अहिले नै छलफलको विषय बनाउनु हतार हुन्छ। समयभन्दा अघि गरिएका सबै प्रकारका छलफल, एजेन्डाहरू असान्दर्भिक हुने भएकाले यो विषयमा आजै छलफल गर्न हतार गर्न जरुरी ठान्दिनँ म,’ उनले भनिन्।

सुझावित समाचार