लालीगुराँस र संकटाले बाँडे अंक

सोमबार, २५ फागुन, २०८२
डिजिटल संस्करण

कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको संकटा क्लबले राष्ट्रिय लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार भएको खेलमा लालीगुराँस र संकटाले गोलरहित बराबरीमा चित्त बुझाएका हुन् । 

राष्ट्रिय लिगमा अपराजित लालीगुराँसको यो चौथो बराबरी हो । नौ खेलबाट १९ अंक जोडेको लालीगुराँस अंक तालिकाको तेस्रोे स्थानमा उक्लेको छ । मच्छिन्द्र एफसी समान अंक भए पनि गोलअन्तरमा लालीगुराँस अघि रहेको छ । मच्छिन्द्र एफसीले जोनाथन कान्टिलानाको दुई गोलको मद्दतमा जावलाखेल युथ क्लबलाई २–० ले पराजित गरेको छ । जितपछि मच्छिन्द्रले आठ खेलबाट १९ अंक बनायो । 

गोलअन्तरमा मच्छिन्द्र तेस्रो स्थानमा छ । समान खेलबाट अपराजित रहँदै २० अंक जोडेको विभागीय टोली एपिएफ शीर्ष स्थानमा छ । पाँचौँ हार सामना गरेको जावलाखेल आठ खेलबाट ९ अंकसहित आठौँ स्थानमै यथावत् छ । दशरथ रंगशालमा भएको खेलमा जोनाथनले मच्छिन्द्रका लागि दुवै हाफमा एक–एक गोल गरे । जोनाथनले ३३औँ मिनेट र ९०औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै जित पक्का गरेका थिए । 

See More On

सुझावित समाचार