रास्वपालाई प्रत्यक्षतर्फ ७६ प्रतिशत सिट

समानुपातिकतर्फ ६५ लाख गणना हुँदा ४९% प्राप्त

सोमबार, २५ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ १६४ सिटमा १२४ सिट हासिल गरेको छ । यो ७६ प्रतिशत हो । प्रतिनिधिसभाका १६५ सिटमध्ये रास्वपाको उम्मेदवारी नै खारेज गरिएको धनुषा १ को मतपरिणाम सर्वोच्चमा मुद्दा परेकाले ‘होल्ड’ गरिएको छ । त्यस्तै, आइतबार रातिसम्म रास्वपाले ‘लिड’ गरेको गोरखा १ को नतिजा आउन बाँकी छ । 

प्रत्यक्षतर्फ कांग्रेसले १८, एमालेले नौ, नेकपाले सात, श्रम संस्कृतिले तीन, राप्रपाले एक र स्वतन्त्र उम्मेदवारले एक सिट जितेका छन् । 

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार समानुपातिकतर्फ १५० क्षेत्रमा मतगणना भइरहेको छ । १५ क्षेत्रको गणना सुरु हुनै बाँकी छ । समानुपातिकतर्फ एक करोड नौ लाख ७७ हजार ७११ मत खसेकोमा राति १२ बजेसम्म ६५ लाख ७१ लाख मत गनिएको छ । २७ फागुन बिहानसम्म समानुपातिकतर्फको सबै मत गणना भइसक्ने घिमिरेले बताए । 

समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन सदर मतको तीन प्रतिशत मत ल्याउनुपर्छ । यसमा सरदर साढे तीन प्रतिशत मत बदर भएको छ । मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको संख्या निर्धारण गर्ने घिमिरेले बताए । 

‘निर्धारित संख्यामा समानुपातिक क्लस्टरअनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न आयोगले राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ,’ उनले भने, ‘दलहरूले बन्दसूचीभित्रबाट नाम सिफारिस गरेपछि सो नामावली समावेशी क्लस्टरबमोजिम मिले–नमिलेको रुजु गरी समानुपातिकतर्फका निर्वाचित सांसदको नाम यकिन गरी प्रमाणपत्र उपलब्ध गराउने कार्य गर्नेछ ।’ ५ चैतभित्र यी सबै काम सम्पन्न गरिसक्ने लक्ष्यसहित आयोगले काम गरिरहेको सूचना अधिकारी घिमिरेले बताए ।

रास्वपाका ११ उम्मेदवारले कटाए ५० हजार मत
प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाका ११ उम्मेदवारले ५० हजारभन्दा धेरै मत पाएका छन् । प्रधानमन्त्रीको उम्मेदवार रहेका रास्वपा वरिष्ठ नेता बालेन शाहसहित ११ जनाले ५० हजार मत कटाएका हुन् । बालेनले झापा ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरे । संसदीय चुनावको इतिहासमा उनले सर्वाधिक मतको रेकर्डसमेत बनाएका छन् । दोस्रो धेरै मत झापाबाटै पूर्वउपसभामुख इन्दिरा रानामगरले पाइन् । उनले ६० हजार ११० मत पाइन् । तेस्रो धेरै मत चितवन ३ बाट सोविता गौतमले पाएकी छिन् । उनले ५९ हजार २७७ मत पाइन् । त्यस्तै, रूपन्देही ३ मा डा. लेखजंग थापाले ५८ हजार ८१४, चितवन १ मा हरि ढकालले ५८ हजार ८०८, रूपन्देही २ मा सुलभ खरेलले ५६ हजार ५५५ मत प्राप्त गरी सानदार जित हासिल गरेका छन् । 

सातौँ धेरै मत मोरङ ५ बाट निर्वाचित रुविना आचार्यले प्राप्त गरिन् । उनले ५५ हजार ५१५ प्राप्त गरेकी हुन् । रूपन्देही १ मा सुनील लम्सालले ५४ हजार ८४५, चितवन २ मा रवि लामिछानेले ५४ हजार ४०२, काभ्रे २ मा बदन भण्डारीले ५३ हजार ३४४ र नवलपुर १ मा राजन गौतमले ५० हजार ९४५ मत प्राप्त गरेका छन् । रास्वपाबाहेक अन्य दलका उम्मेदवारले ५० हजार मत कटाउन नसकेको आयोगको तथ्यांकले देखाएको छ । 

धेरै मतान्तरमा जितेका नेता र क्षेत्र 
रास्वपाका उम्मेदवारले प्रतिस्पर्धीलाई भारी मतान्तरले हराएका छन् । रुपन्देही ३ बाट रास्वपाका लेखजंग थापाले कांग्रेसका सुशील गुरुङलाई ५० हजार ३७९ मतले हराएका छन् । झापा ५ मा प्रधानमन्त्रीका उम्मेदवार बालेनले पूर्वप्रधानमन्त्री केपी ओलीलाई ४९ हजार ६१४ मतले पराजित गरेका छन् । ६८ हजार ३४८ मत पाएका बालेनले ओलीलाई १८ हजार ७३४ मतमा रोके । 

झापा २ मा पूर्वसभामुख इन्दिरा रानामगरले ४८ हजार ७४२ मतान्तरले जितेकी छिन् । ६० हजार ११० मत पाएकी उनले पूर्वसभामुख देवराज घिमिरेलाई ११ हजार ३६८ मतमै रोकेकी छिन् । 

त्यस्तै, मोरङ ६ मा रुविना आचार्य ४२ हजार ६६३ मतान्तरले विजयी भएकी छन् । ५५ हजार ५१३ मत ल्याएकी उनले कांग्रेसका शेखर कोइरालालाई १२ हजार ८५० मतमै रोकेकी छन् । 

सुनसरी २ मा लालविक्रम थापा ४१ हजार २७७ मतान्तरले विजयी भएका छन् । सर्लाही १ मा नितिमा भण्डारी कार्की ३६ हजार ३१० मतान्तर र काभ्रे २ मा बदनकुमार भण्डारी ३५ हजार ४७६ मतान्तरले विजयी भएका छन् । झापा १ निशा डाँगी ३५ हजार मतान्तरले जितेकी छिन् । ललितपुर ३ मा तोसिमा कार्की ३४ हजार ५१ मतान्तरले जितेकी छिन् । सर्लाही २ मा रविन महतोले ३३ हजार ९८९ मतान्तर, सर्लाही ३ मा नरेन्द्र साह कलवार ३३ हजार ५५२ मतान्तरले विजयी भए ।

धनुषा चारमा राजकिशोर महतो ३२ हजार ४६१ मतान्तरले जितेका छन् । ललितपुर २ मा जगदीश खरेलले ३२ हजार ७१ मतान्तरले जितेका छन् । सिराहा १ मा बब्लु गुप्ताले ३१ हजार ५३८ मतान्तरले जितेका छन् । झापा ४ मा शम्भुप्रसाद ढकाल ३१ हजार ६४५ मतान्तरले विजयी भएका छन् । धनुषा २ मा विजयी रामविनोद यादवको ३१ हजार ४३९ मतान्तर छ । भक्तपुर २ मा राजीव खत्रीको ३१ हजार ३३८ मतान्तर छ । बारा ३ मा अरविन्द साह ३० हजार ६४५ मतान्तर, सप्तरी १ मा पुष्पाकुमारी चौधरीले ३० हजार ३४८ मतान्तरले जितेकी छिन् । 

बारा ४ मा रहवर अन्सारी २९ हजार ५६१ मतान्तर र सिराहा ४ मा तपेश्वर यादव २८ हजार २३८ मतान्तरले जितेका छन् । मोरङ ४ मा सन्तोष राजवंशीले २८ हजार १५, धनुषा ३ मा मनीष झा २७ हजार ३३६ मतान्तरले जितेका छन् । सिराहा २ मा रामशंकर यादवले २६ हजार ७४७ मतान्तरले जितेका छन् । सुनसरी ३ मा अशोक चौधरी २६ हजार ९२० मतान्तर, महोत्तरी ३ मा उज्ज्वलकुमार झा २६ हजार ४८२ मतान्तर, सुनसरी चारमा दीपककुमार साह २६ हजार १८४ मतले विजयी भएका छन् । त्यस्तै, बारा १ मा गणेश धिमाल २५ हजार ७७५ मतान्तरले विजयी भएका छन् । काठमाडौं २ मा सुनील केसी २५ हजार ३६४ मतान्तर, मोरङ २ कृष्णकुमार कार्की २५ हजार ३ सय मतान्तरले विजयी भएका छन् । 

सप्तरी ४ मा सीताराम साह २३ हजार ३०९ मतान्तरले जितेका छन् । सिराहा ३ मा शम्भुकुमार यादव २२ हजार ९३ मतान्तर, महोत्तरी १ मा दीपककुमार साह २२ हजार ५२४ मतान्तर, महोत्तरी १ मा प्रमोदकुमार महतो २२ हजार १२ मतान्तर र महोत्तरी ४ मा गौरी कुमारीले २१ हजार ३९० मतान्तरले जितेकी छिन् । 

झापा ३ मा प्रकाश पाठकले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई २१ हजार ३८० मतान्तरले हराएका छन् । बारा २ मा चन्दनकुमार सिंह २१ हजार ३९४ मतान्तर र मोरङ ५ मा आशा झा २१ हजार १९ मतान्तरले विजयी भएकी छिन् । रौतहट ४ मा गणेश पौडेल २१ हजार ११ मतान्तरले विजयी भएका छन् । 

See More On

सुझावित समाचार