आयोजक भारतले टी–२० विश्वकपको उपाधि जितेको छ। न्युजिल्यान्डलाई पराजित गर्दै भारत विजयी भएका हो।
फाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ९६ रनले पराजित गरेको छ ।
सुरुमा ब्याटिङ गरेको भारतले २५६ रनको विशाल लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा न्युजिल्यान्ड १५९ रनमा समेटियो।
यसअघि भारतले सन् २००७ र २०२४ मा टी–२० विश्वकप जितेको थियो।
अभागी टिमको रूपमा चिनिएको न्युजिल्यान्ड फेरि पनि उपाधिविहीन भएको छ। न्युजिल्यान्डले अहिलेसम्म टी–२० विश्वकप जितेको छैन। २०२१ को विश्वकपमा पनि न्युजिल्यान्ड फाइनलमा पुगेर अस्ट्रेलियासँग पराजित भएको थियो।