प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका ११ उम्मेदवारले ५० हजारभन्दा धेरै मत पाएका छन्। प्रधानमन्त्रीका उम्मेदवार रहेका रास्वपाका वरिष्ठ नेता बालेन शाहसहित ११ जनाले ५० हजार कटाएका हुन्।
बालेनले झापा ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरे। संसदीय चुनावको इतिहासमा उनले सर्वाधिक मतको रेकर्डसमेत उनले बनाएका छन्।
दाेस्रो धेरै मत झापाबाटै इन्दिरा रानामगरले पाइन्। उनले ६० हजार ११० मत पाइन्।
तेस्रो धेरै मत चितवन ३ बाट सोविता गौतमले पाएकी छिन्। उनले ५९ हजार २७७ मत पाइन्।
त्यस्तै, रुपन्देही ३ मा डा. लेखजंग थापाले ५८ हजार ८१४, चितवन १ मा हरि ढकालले ५८ हजार ८०८, रुपन्देही २ मा सुलभ खरेलले ५६ हजार ५५५ मत प्राप्त गरे।
सातौँ धेरै मत मोरङ ५ बाट रुबिना आचार्यले प्राप्त गरिन्। उनले ५५ हजार ५ सय १५ प्राप्त गरेकी हुन्।
रुपन्देही १ मा सुनिल लम्सालले ५४ हजार ८४५, चितवन २ मा रवि लामिछानेले ५४ हजार चार सय २, काभ्रे २ मा बदन भण्डारीले ५३ हजार ३४४ र नवलपुर १ मा राजन गौतमले ५० हजार ९४५ मत प्राप्त गरेका छन्।
रास्वपाबाहेक अन्य दलका उम्मेदवारले ५० हजार मत कटाउन सकेनन्।