समानुपातिकमा रास्वपाले २० लाख मत कटायो

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ ४० लाख मत गणना हुँदा रास्वपाले २० लाख मत कटाएको छ। 

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसमम ४० लाख ६० हजार ६९९ मत गणना भएको छ। जसमा रास्वपाले २० लाख १७ हजार १५० मत पाएको छ। जुन करिब ४९ प्रतिशत हो। 

त्यस्तै, कांग्रेसले ६ लाख ८४ हजार ९४० मत पाएको छ। 

एमालेको समानुपातिक मत पाँच लाख ७८ हजार ४०७ मत रहेको छ। 

नेकपाले दुई लाख ७३ हजार ३९९ मत ल्याउँदा राप्रपाको एक लाख ४७ हजार ८५ छ। 

श्रम संस्कृति पार्टीले हालसम्म ८८ हजार ३३ मत ल्याएको छ। 

सुझावित समाचार