सप्तरी २ मा रास्वपाका रामजी यादव निर्वाचित, सिके राउत तेस्राे

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

सप्तरी २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामजी यादव निर्वाचित भएका छन्। २८ हजार ४०४ मतसहित यादव निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार उमेश यादवले १४ हजार २६३ मत प्राप्त गरेका छन्। जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत नाै हजार ८८० मत ल्याएर तेस्रो स्थानमा रहे।

यसैगरी, स्वाभिमान पार्टीका सतिशकुमार सिंहले तीन हजार ५५७ मत ल्याए। ०७९ को निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका चन्द्रकान्त राउत विजयी भएका थिए।

सुझावित समाचार