बागमती प्रदेशका ३३ मध्ये २९ क्षेत्रमा रास्वपाको जित, थप दुई क्षेत्रमा अग्रता

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

बागमती प्रदेशका ३३ निर्वाचन क्षेत्रमध्ये २९ क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन्। थप दुई क्षेत्रमा रास्वपाकै उम्मेदवारको अग्रता छ। 

उपत्यकाका १५ क्षेत्रमै रास्वपाले जितेको छ। त्यस्तै, चितवन, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोक र सिन्धुलीमा पनि रास्वपाले क्लिनस्विप गरेको छ। दोलखा र सिन्धुपाल्चोक एकमा विजयी भएको छ भने नुवाकोटमा १ मा रास्वपाले जितिसकेको छ । नुवाकोट २ मा रास्वपाकै अग्रता छ । रामेछापमा पनि रास्वपाकै उम्मेदवारले अग्रता लिएका छन्। 

बागमती प्रदेशमा रसुवामा कांग्रेसका मोहन आचार्य विजयी भए भने सिन्धुपाल्चोक २ मा नेकपाका युवराज दुलालले अग्रता लिइरहेका छन्। 

सुझावित समाचार