सन् १९४२ : जापानी सेनाद्वारा बर्माको रंगुन कब्जा । थाइल्यान्डबाट बर्मा प्रवेश गर्दै जापानी सेनाले रंगुन कब्जा गरेपछि बर्मासँगको सडक विच्छेद गरिदिनुका साथै चिनियाँहरूलाई उनीहरूको एक मात्र सुविधाजनक आपूर्ति आधार र प्रवेशको बन्दरगाहमा अवरोध सिर्जना गरे ।
सन् १५८७ : स्कटल्यान्डकी रानी तथा बेलायतकी महारानी एलिजाबेथ प्रथमकी प्रतिद्वन्द्वी मेरीको फोदरिंगहे क्यासलमा टाउको काटिएको थियो । साढे अठार वर्ष कैदपछि मेरीलाई एलिजाबेथको हत्या गर्ने षड्यन्त्र गरेकोमा दोषी ठहर गरिएको थियो ।
सन् १५४२ : को १४ डिसेम्बरमा रानी बनेकी मेरीलाई सन् १५६७ मा सत्ताच्युत गरिएको थियो ।
सन् १८१७ : न्युयोर्क स्टक एक्सचेन्जको स्थापना । न्युयोर्क सहरको वाल स्ट्रिटमा रहेको यो एक्सचेन्ज विश्वकै ठुलो स्टक एक्सचेन्ज हो ।
सन् १९१० : फ्रान्सेली महिला रेमोन्ड डी लारोची पाइलटको लाइसेन्स पाउने पहिलो महिला बनेकी थिइन् । फ्रान्सेली चालक लारोची एकल उडान गर्ने पहिलो महिलासमेत थिइन् । उत्तरी फ्रान्सको ले क्रोटोय एयरफिल्डमा एउटा विमानको परीक्षणात्मक उडानका क्रममा विमान दुर्घटना हुँदा उनको ३६ वर्षको उमेरमा मृत्यु भएको थियो ।
सन् १९४० : दक्षिण अफ्रिकी उपन्यासकार, आलोचक तथा अनुवादक जे एम कोइटजीको जन्म । उनलाई सन् २००३ मा साहित्यतर्फको नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो ।
सन् १९८२ : तीन हजार अफगानीलाई विषालु ग्यास प्रयोग गरेर रुसले हत्या गरेको अमेरिकी आरोप ।