मोरङ २ मा रास्वपाका कृष्णकुमार कार्की विजयी

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

मोरङको क्षेत्र नम्बर २  मा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्णकुमार कार्की विजयी भएका छन्।  प्रतिद्वन्द्वी एमालेका दिलीपकुमार अग्रवाललाई  पराजित गर्दै रास्वपाका कार्की फराकिलो मतान्तरले विजयी भएका हुन्। विजयी उम्मेदवार कार्कीले ४० हजार ९२४ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी एमालेका अग्रवालले १५ हजार ६२४  मत पाए।  

प्रतिद्वन्द्वीहरू कांग्रेसका मिनेन्द्र रिजालले १२ हजार ७६४ र श्रम संस्कृति पार्टीका अबोह रैरहले १हजार ८२२  अनि नेकपाका चन्द्रवीर राईले १ हजार ३६६ मत पाए।     
जम्मा १ लाख २९ हजार १८४  जना मतदाता रहेको मोरङ २ मा ८१ हजार ३४५ जनाले मतदान गरेका थिए।   
जम्मा ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङको ४ ,५ र ६ नम्बर क्षेत्रमा रास्वपाले विजयी हासिल गरिसकेको छ। क्षेत्र नम्बर १,र ३ मा पनि रास्वापाले नै फराकिलो अग्रता पाइरहेको छ । 
 

सुझावित समाचार