सर्लाही १ र २ मा भारी मतान्तरसहित रास्वपा उम्मेदवार विजयी

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधि सभा निर्वाचन अन्तरगत सर्लाही क्षेत्र नम्बर १ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भारी मतान्तर सहित विजयी भएका छन् । क्षेत्र नम्बर १ मा रास्वपाकी उम्मेदवार नितीमा भण्डारी कार्की र क्षेत्र नम्बर२ मा रास्वपा उम्मेदवार रविन महतो भारी मतान्तरले विजयी भएका हुन् ।

निर्वाचन अन्तरगत सम्पन्न मत गणनामा ४४ हजार १८१ मत सहित रास्वपाकी भण्डारी विजयी भईन । उनी मत गणनाको प्रारम्भ देखी नै शीर्ष स्थानमा थिइन । भण्डारी ३६ हजार ३१० मतान्तरले विजयी भएकी हुन् । उहाँको निकटम् देखिनु भएको नेपाली काँग्रेसका उम्मेदवार शम्भुलाल श्रेष्ठले ७ हजार ८१७ मत मात्र प्राप्त गरे। 

यस्तै सम्पन्न मत गणनामा नेकपा एमालेका उम्मेदवार मनोज कुमार देवकोटाले ६ हजार १०१, नेकपाका उम्मेदवार प्रमोद कुमार साहले ५ हजार ४९८, जनता समाजवादी पार्टीका उम्मेदवार राम प्रकाश चौधरीले ३ हजार ९९१ मत मात्र प्राप्त गरे । शुक्रबार बिहान ९ बजेबाट मत गणना सुरु भएको सर्लाही १ मा केही बेर पहिला मात्र सम्पन्न भएको हो ।

यस्तै निर्वाचन अन्तरगत सम्पन्न मतगणनाको नतिजा अनुसार सर्लाही क्षेत्र नम्बर २ बाट पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रविन महतो विजयी भएका छन् ।
शनिबार दिउसो सम्पन्न मत गणना अनुसार महतो ४२ हजार ५१२ मत सहित विजयी भएका हुन्  ।

रास्वपाका महतोले ३३ हजार ९८९ मतान्तरले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार महिन्द्र राय यादवलाई पछि पारेका छन् । सम्पन्न मत गणनामा नेकपाका रायको पक्षमा ८ हजार ५२३ मत मात्र परेको छ । उहाँ यस क्षेत्रको निवर्तमान प्रतिनिधि सभा सदस्य समेत हुन् । 

रास्वपाका महतो मत गणनाको प्रारम्भ देखिनै अग्रस्थानमा थिए । उहाँ ठुलो अन्तरको मत जोड्दै विजयी भए । यस क्षेत्रका अन्य उम्मेदवार नेपाली काँग्रेसका सरोज कुमारले सम्पन्न मत गणनामा ७ हजार ३९, राष्ट्रिय मुक्ति पार्टी नेपालका उम्मेदवार राजेन्द्र महतो ५ हजार ९९२, नेपाल सङ्घीय समाजवादी पार्टीका उम्मेदवार रजी अहमदले २ हजार २८३ मत मात्र प्राप्त गरे ।

सुझावित समाचार