रुपन्देही १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री सुनील लम्साल निर्वाचित भएका छन्। निर्वाचन आयोगले घोषणा गरेअनुसार रुपन्देही- १ मा रास्वपाका उम्मेदवार लम्साल निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हिराबहादुर खत्रीलाई फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।
लम्सालले ५४ हजार ८४५ मत प्राप्त गर्दा कांग्रेसका खत्रीले ११ हजार ९८२ मत प्राप्त गरेका छन्। त्यस्तै, राप्रपाका प्रज्जवल बोहराले ८ हजार ३०१ मत प्राप्त गरेका छन्। यहाँ एमालेका दधिराम न्यौपानेले ७ हजार ४८८ मत प्राप्त गरेका छन्।