प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका धर्मराज केसी विजयी भएका छन्।
मुख्य निर्वाचन कार्यालय लमजुङका मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार केसीले कुल ३३ हजार ८९८ मत प्राप्त गर्दै विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले १६ हजार ८७६ मत प्राप्त गरे। त्यस्तै, नेपाली कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५६९ मत पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका हरिजंग तामाङले ३ हजार ३७१ मत प्राप्त गरेका छन्।
जिल्लामा कुल १ लाख ३७ हजार १२४ मतदाता रहेकामा ७५ हजार ४६० मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ।