मोरङ ५ मा रास्वपाकी आशा झा विजयी

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

मोरङ क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की आशा झा फराकिलो मतान्तरले विजयी भएकी छिन्।

कांग्रेसका फुलकुमार लालवानीलाई २० हजार बढी मतान्तरले पराजित गर्दै झा विजयी भएकी हुन्। अन्तिम मत परिणामअनुसार झाले ३० हजार ४३४ मत  पाउँदा उनका मुख्य प्रतिद्वन्द्वी कांग्रेसका लालवानीले ९ हजार ४१५ मत प्राप्त गरे।

यसैगरी, जसपाका राजकुमार यादवले ८ हजार ७४७ र नेकपाका शिवकुमार मण्डलले ८ हजार ७१४ र एमालेका मनोज अग्रवालले ६ हजार १४५ मत प्राप्त गरेका छन।

कुल एक लाख १० हजार ११७ मतदाता रहेको मोरङ ५ मा ७८ हजार ५२८ जनाले मतदान गरेका थिए। यहाँ २२ उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा थिए।

६ वटा निर्वाचन क्षेत्र रहेको मोरङको ४ र ६ नम्बर क्षेत्रमा रास्वपाले फराकिलो मतान्तरले विजयी हासिल गरिसकेको छ। क्षेत्र नम्बर १, २, ३ मा पनि रास्वापाले नै फराकिलो अग्रता पाइरहेको छ।

सुझावित समाचार