धनकुटामा एमालेका राजेन्द्रकुमार राईले मतान्तर बढाउँदै अग्रतालाई कायम राखेका छन्।
राईले १३ हजार ७७३ मत ल्याउँदा श्रम संस्कृति पार्टीका सानबहादुर राईले ९ हजार ६९५ मतका साथ पछ्याइरहेका छन्। सुरुवाती मतगणनामा श्रम संस्कृतिका राईले अग्रता लिएका थिए। एमाले उम्मेदवार चार हजार ७८ मतले अगाडि छन्।
नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले ८ हजार ५१६, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले ७ हजार ५८ र नेपाली कम्युनिस्ट पार्टीका धर्मराज पौडेलले १ हजार ४११ मत प्राप्त गरेका छन्।