जुम्लामा ज्ञानेन्द्र शाहीको जित सुनिश्चित

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

जुम्ला जुम्लाका राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीको जित सुनिश्चित भएको छ । २ हजार १२४ मत गणना गर्न बाकी रहदा पनि उनले १४ हजार ६५ मत प्राप्त गरेका छन्। उनका प्रतिद्धोन्दी नेकपाका नरेश भण्डारीले ११ हजार १२३ मत प्राप्त गरेका छन् । उनको मतान्तर २ हजार ९४३ मत रहेको छ । 

पातारासी गाउँपालिकाको ५, ६ र ७ नम्बर वडाको २ हजार १२४ मत गणना गर्न बाँकी रहेको छ । गणना गर्न बाँकी रहेको मत भन्दा उनको मतान्तर बढी रहेकोले जित सुनिश्चित भएको हो ।

पातारासीका ७ वडाको ५ हजार ५९८ खसेको मत ३ हजार ४२४ मत गणना भईसको मुख्य निर्वाचित अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । जुम्लामा ४० हजार ८९७ मत खसेको थियो । तर, यहाँ ७१ हजार ७३९ जना मतदाता रहेका छन् । ३० हजार ८४१ मत खसेन ।

सुझावित समाचार