डोटीबाट नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। खड्का १४ हजार ८९७ मत पाएर निर्वाचित भएका हुन्।
कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमध्ये कांग्रेसको यो पहिलो जित हो।
डोटीमा खड्काका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका दीपक धामीले १४ हजार ११० मत पाए। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्रबहादुर खड्काले १३ हजार २६० र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टले पाँच हजार ४१३ मत पाएका छन्।