कैलाली १ मा रास्वपाकी ज्ञवाली विजयी

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की कोमल ज्ञवाली निर्वाचित भएकी छन् । ज्ञवालीले १७ हजार ८२६ मत पाएकी छन् । उनका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार जनकराज चौधरीले १२ हजार ८६७ मत प्राप्त गरे ।

यो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका रामलाल डगौराथारुले आठ हजार ३९२ र नेकपा एमालेका द्धारिकाप्रसाद न्यौपानेले चार हजार चार सय ९३ मत पाएका छन्

त्यस्तै नागरिक उन्मुक्ति पार्टी नेपालको समर्थन पाएका स्वतन्त्र उम्मेदवार फागुराम थारुले तीन हजार ३८८, राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र कुँवरले दुई हजार ९३७ तथा उज्यालो नेपाल पार्टीका प्रदिपकुमार चौधरीले दुई हजार ३५७ मत पाएका छन् ।
 

सुझावित समाचार