पुर्व मन्त्री यादवलाई हराउँदै रास्वपाका उम्मेदवार पन्त निर्वाचित

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

पर्साको क्षेत्र नम्बर– बाट पुर्व मन्त्री प्रदीप यादवलाई हराउँदै रास्वपाका उम्मेदवार बुद्धि प्रसाद पन्त (हरि)  निर्वाचित भएका छन्। रास्वपा उम्मेदवार पन्तले नेकपा एमालेका उम्मेदवार पुर्व मन्त्री यादवलाई १४ हजार भन्दा बढी मतले पछि पार्दै निर्वाचित भएका हुन । 

निर्वाचन कार्यालयका जानकारी अनुसार रास्वपाका उम्मेदवार पन्तले कुल २७ हजार २ सय ७४ मत प्राप्त गरेका छन्। उनको निकटम प्रतिद्वन्द्वी यादवले भने १३ हजार ३० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

यसैगरी कांग्रेसका अनिल रुंग्टाले ११ हजार ८८५ मत प्राप्त गरेका छन् । पर्साको निर्वाचन क्षेत्र १ मा रहेको ८९ हजार ६ सय ३८ मतदाता रहेकोमा ६१ हजार ३ सय ६ मत खसेको थियो
 

सुझावित समाचार