रास्वपा सभापति रवि लामिछाने भारी मतले विजयी

चितवन–२ बाट लामिछाने ३९ हजार ८३८ मतान्तरले विजयी

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मीना कुमारी खरेलले १४ हजार ५६४ मत पाएकी छन् । यससँगै लामिछाने खरेलभन्दा ३९ हजार ४६८ मतान्तरले विजयी भएका हुन् ।

यसअघि नागरिकता विवादका कारण सांसद पद गुमेपछि ०८० वैशाखमा भएको उपनिर्वाचनमा उनले ५४ हजार २७६ मतसहित जित हासिल गरेका थिए। त्यसअघि पनि लामिछानेले ०७९ को प्रतिनिधिसभा निर्वाचनमा ४९ हजार २६४ मत ल्याउँदै कांग्रेस र एमालेका उम्मेदवारलाई पराजित गरेका थिए । 

२१ गते सम्पन्न निर्वाचनमा नेकपा एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङले ४ हजार ९६९ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका जगदिश्वर अधिकारीले ७०७ मत पाएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा २ हजार ७९६ मत बदर भएको छ भने कुल ८७ हजार २८ मत गणना भएको छ ।

सुझावित समाचार