सर्लाही ४ मा २८ सय मतले पछि परे गगन थापा

शनिबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा निरन्तर पछि परेका छन्। यहाँ रास्वपाका उम्मेदवार अमरेश कुमार सिंहको अग्रता छ। 

शनिबार बिहान १ः३० बजेको मतगणना अपडेटअनुसार  अमरेशले ७२५२ पाएका छन् भने गगनको ४४४४ छ। उनीहरुबिचको मतान्तर २८०८ छ। 

त्यस्तै, यो क्षेत्रमा एमालेका अमनिश कुमार यादबको १२८३, नेकपाका डा. रजनिश रायको ३९५, जनमतका राकेश मिश्राको ४८६ र जसपाका रामेश्वर राय यादबको २० मत छ। 
 

सुझावित समाचार