निर्वाचन हारेपछि कुलमान घिसिङले भने– सुशासित नेपाल निर्माणको यात्रालाई निरन्तर अगाडि बढाउँछौँ

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

काठमाडौंको क्षेत्र नम्बर ३ बाट पराजित भएका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सबै मिलेर उज्यालो, समृद्ध र सुशासित नेपाल निर्माणको यात्रालाई निरन्तर अगाडि बढाउने बताएका छन्। सो क्षेत्रबाट निर्वाचित रास्वपाका उम्मेदवार राजु पाण्डेलाई बधाई दिँदै उनले साथ दिने सबैलाई धन्यवाद दिएका छन्। 

उनले फेसबुकमा लेखेका छन्–
प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट विजय हासिल गर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजु पाण्डेलाई  हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। यस निर्वाचनमा मलाई विश्वास गर्दै आफ्नो अमूल्य मत प्रदान गर्नुभएका यस क्षेत्रका सम्पूर्ण आदरणीय मतदाताप्रति हार्दिक आभार व्यक्त गर्दछु। यहाँहरूले देखाउनुभएको विश्वास र माया मेरा लागि सधैँ प्रेरणाको स्रोत रहनेछ। चुनावको परिणाम जे–जस्तो भए पनि यस क्षेत्रको समग्र विकास, सुशासन, समृद्धि सहितको उज्यालो नेपाल निर्माणका लागि आगामी दिनमा थप सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु। साथै मेरा पार्टीका सम्पूर्ण नेता–कार्यकर्ता, समर्थक, स्वयंसेवक तथा शुभेच्छुकहरूलाई यस अभियानमा दिनुभएको अथक मिहिनेत, साथ र सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु। यहाँहरू सबैको साथ, माया र विश्वासले मलाई आगामी दिनहरूमा अझ जिम्मेवार र सक्रिय भएर देश र जनताको सेवामा लाग्न प्रेरणा दिएको छ। हामी सबै मिलेर उज्यालो, समृद्ध र सुशासित नेपाल निर्माणको यात्रालाई निरन्तर अगाडि बढाउनेछौँ भन्ने विश्वास व्यक्त गर्दछु। 
 

सुझावित समाचार