काभ्रे १ मा नेकपा र २ मा रास्वपाको अग्रता कायमै

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

काभ्रेपलाञ्चोकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना भइरहेको छ । काभ्रे १ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दीननाथ गौतमको अग्रता रहेको छ भने क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बदन भण्डारीकाे अग्रता छ। 

मुख्य निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म क्षेत्र नम्बर १ मा नेकपाका उम्मेदवार दीननाथ गौतम तीन हजार ४४६ मतका साथ अग्रस्थानमा रहेका छन् । त्यसरी नै नेपाली कांग्रेसका उम्मेदवार गुणराज मुक्तानले एक हजार ९९० मत, नेकपा एमालेका उम्मेदवार अमि लामाले एक हजार २४० र रास्वपाका उम्मेदवार मधुकुमार चौलागाईंले ३१५ मत प्राप्त गरेका छन् । अहिलेसम्म महाभारत गाउँपालिकाको मतगणना सकेर खानीखोला गाउँपालिकाको मतगणना भइरहेको छ । 

त्यसरी नै काभ्रे क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार बदन भण्डारी ११ हजार २६१ मतकासाथ अग्रस्थानमा रहेका छन् । त्यसरी नै नेकपा एमालेका उम्मेदवार अशोककुमार ब्याञ्जूले चार हजार ६१५ मत, नेपाली कांग्रेसका उम्मेदवार मधु आचार्यले तीन हजार ३०३ मत र नेकपाका उम्मेदवार बसुन्धरा हुमागाईंले एक हजार ८२८ मत प्राप्त गरेका छन् । अहिलेसम्म धुलिखेल र पनौती नगरपालिकाको मतगणना सम्पन्न गरी पाँचखाल नगरपालिकाको मतगणना भइरहेको छ ।

सुझावित समाचार