रामेछापमा उज्यालो नेपालको अग्रता

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

रामेछापमा उज्यालो नेपालका उम्मेदवार दीपबहादुर योञ्जनले अग्रता लिएका छन्।

जिल्लाको सुनापति गाउँपालिका– ४, बेथान वडा कार्यालयको बुथमा झरेको एक हजार ४५१ मत गणना गर्दा उज्यालो नेपालका योञ्जनले चिम चिह्नमा ६४२ मत प्राप्त गरेका हुन्।

त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका श्यामकुमार श्रेष्ठ (कुशल)ले तारा चिह्नमा ३९६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका रामचन्द्र खड्काले रुख चिह्नमा १४१ मत प्राप्त गरेका छन्।

नेकपा एमालेका उम्मेदवार माधवप्रसाद ढुंगेलले सूर्य चिह्नमा ९४ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. कृष्णहरि बुढाथोकीले घन्टी चिह्नमा  ६३ मत प्राप्त गरेका छन्।

सुझावित समाचार