कैलाली ४ मा रास्वपाका कोइरालाको अग्रता, एमाले उपमहासचिव भट्ट तेस्रो स्थानमा

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

कैलाली क्षेत्र नम्बर ४ मा रास्वपाका खेमराज कोइरालाले सुरुबाटै अग्रता लिइरहेका छन्। प्रारम्भिक नतिजाअनुसार कोइराला एक हजार ९९ मतसहित अग्र स्थानमा छन्।

नेपाली कांग्रेसका गोरखबहादुर विष्ट १६२ मतसहित दोस्रो स्थानमा छन्। नेकपा एमालेका उपमहासचिव लेखराज भट्ट तेस्रो स्थानमा छन्। भट्टले १३० मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका हरिराम चौधरीले १२२ मत पाएका छन्।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ र ५ मा पनि रास्वपाले नै अग्रता लिइरहेको छ। क्षेत्र नम्बर २ मा एमाले र ३ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले अग्रता लिइरहेका छन्।

सुझावित समाचार