जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

जुम्लामा तीन हजार ९६२ मत गणना हुँदा राप्रपाले फराकिलो अग्रता कायम गरेको छ। कनकासुन्दरी गाउँपालिकाको १ देखि ७ वडाको मत गणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाही दुई हजार १०२ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्।

शाही नेकपाका नरेश भण्डारीभन्दा एक हजार १३० मतले अगाडि छन्। भण्डारी ९७२ मतसहित दोस्रो स्थानमा छन् भने कांग्रेसका दीपबहादुर शाहीले  ४९६ मत प्राप्त गरेका छन्।

चौथो स्थानका शान्तिलाल महतले २१२ मत प्राप्त गरेका छन् भने विनिता कठायत २९ मतसहित पाँचौँ स्थानमा छिन्।

७१ हजार ७३९ जना मतदाता रहेको जुम्लामा ४० हजार ८९७ मत खसेको थियो। त्यसमध्ये हालसम्म ११७ मत बदर भएको  निर्वाचन कार्यालयले जनाएको छ।

सुझावित समाचार