बाँके क्षेत्र नम्बर २ मा एमालेका मोहम्मद इस्तियाक राईले अग्रता कायम राखेका छन् । उनले चार हजार ९२७ मत पाउँदा नेपाली कांग्रेसका सुधांशु कोइरालाले तीन हजार ९८४ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
भर्खरै सार्वजनिक गरिएको मत परिणामअनुसार रास्वपाका विवेककुमार श्रेष्ठले एक हजार ९९२ मत पाएका छन् ।