- सामाजिक सञ्जालका कारण किशोर–किशोरीहरू भावनात्मक रूपमा कम जोडिएका छन् र ध्यानकेन्द्रित गर्न सकिरहेका छैनन्
अहिले किशोर किशोरीमा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनुपर्ने विषयमा चौतर्फी बहस बढेको छ । भारतमा पनि चार राज्यहरूले यसबारे छलफल गरिरहेका छन् । एआईको प्रभावसम्बन्धी शिखर सम्मेलन (एआई इम्प्याक्ट समिट) को छेउमा आइटीमन्त्री अश्विनी वैष्णवले स्वीकार गरे कि सरकारले ‘सामाजिक सञ्जालमा उमेर–सम्बन्धित प्रतिबन्ध’बारे विचार गरिरहेको छ । अस्ट्रेलियाले डिसेम्बरमा १६ वर्षमुनिका बालबालिकाका लागि एउटा कानुन लागू गरेदेखि सामाजिक सञ्जाल प्रतिबन्धको चर्चाले अन्य देशमा पनि तीव्रता पाएको छ । यस्तै, प्रतिबन्ध लगाउन कम्तीमा १२ देश बहसदेखि विधेयकको मस्यौदासम्मका चरणमा छन् ।
कुनै समय सामाजिक सञ्जाललाई न्यानो र अस्पष्ट समुदाय वर्ग मानिन्थ्यो, जहाँ तपाईं लामो समयदेखि हराएका स्कुले साथीहरूसँग सम्पर्क गर्न सक्नुहुन्छ । ती निर्दोष धारणा ग्रोक (एआई असिस्टेन्ट च्याटबोट) को डिजिटल स्ट्रिपिङ स्प्री (एआईको व्यापक र प्राय: सहमतिपूर्ण वा गैर–सहमतिपूर्ण प्रयोग) को प्रदर्शनसँगै प्रभावकारी रूपमा हराएका छन् । तर, ग्रोकभन्दा धेरैअघि हामीसँग पहिले नै सामाजिक सञ्जाललाई मानसिक स्वास्थ्यसँग जोड्ने अनुसन्धानको एउटा पहाड थियो । नयाँ अध्ययनहरू लगभग साप्ताहिक रूपमा सुरु हुन्छन् र विभिन्न निष्कर्ष निकाल्छन् । यसै साता सेपियन ल्याब्सले संसारभरका युवा वयस्कले स्मार्टफोनको प्रारम्भिक प्रयोगको कारण खराब मानसिक स्वास्थ्य र जीवन चुनौतीको सामना गरिरहेको पत्ता लगायो ।
सामाजिक मनोवैज्ञानिक र सर्वाधिक बिक्री हुने पुस्तक ‘द एंग्सियस जेनेरेसनका लेखक जोनाथन हेड्टले सामाजिक सञ्जालले छुट्टै जोस भएका युवामा पार्ने हानिबारे चेतावनी दिइरहेका छन् । सन् २०२६ को ‘वल्र्ड ह्याप्पिनेस रिपोर्ट’ (विश्व खुसीसम्बन्धी प्रतिवेदन) का लागि आगामी निबन्धमा उनी लेख्छन् कि सामाजिक सञ्जालले ‘बृहत् भौगोलिक क्षेत्र वा समुदायमा परिवर्तन ल्याउन सक्ने ठुलो मात्रामा युवामा हानि पुर्याइरहेको छ ।’ त्यस्तै, अर्की सर्वाधिक बिक्री हुने पुस्तककी लेखिका तथा ‘एभ्री डे सेक्सिज्म प्रोजेक्ट’की संस्थापक लौरा बेट्सले ‘महिलाप्रति घृणाभाव फैलाउने हेतुले डिजाइन गरिएका विषयवस्तु’ समावेश भएको एआई–सञ्चालित प्रविधिबारे चेतावनी दिएकी छिन्, जसमा गहिरो नक्कली पोर्नोग्राफी र अनलाइन यौन दुर्व्यवहारका अन्य स्वरूप समावेश छन् । ‘हामी लैंगिक असमानताको नयाँ युगमा निद्रामा हिँडिरहेका छौँ,’ उनी लेख्छिन् ।
द गार्जियनले यस साताको सुरुमा १५ वर्षीया केटीले आफ्नो इन्स्टाग्राममा लेखेको एउटा बेनामी लेख प्रकाशित गर्यो । ‘म महिलाप्रति अनलाइन घृणाबाट बच्न सक्रिय रूपमा प्रयास गर्छु, उनी लेख्छिन् । तर, केटीहरूको शरीरबारेका टिप्पणी, घरेलु हिंसा र बलात्कारमा अपमानजनक चुट्किला सामना गर्न उनलाई केही मिनेट नै काफी देखिन्छ । उनले लेखेको केही मिनेटमा महिलालक्षित टिप्पणीको बाढी आउँछ । अन्त्यमा, हेड्ट औँल्याउँछन् कि मेटाको आफ्नै आन्तरिक अनुसन्धान छ, जसले यसका उत्पादनले युवालाई कसरी हानि पुर्याउँछ भन्ने दस्ताबेजीकरण गर्दछ, उदाहरणका लागि ‘साइबर बुलिङ’, अवाञ्छित यौन सम्पर्क र नग्न तस्बिरका मुद्दाहरू ।
सामाजिक सञ्जालले उमेरअनुसार मानिसलाई असर गर्छ । सामाजिक सञ्जालका कारण हामी भावनात्मक रूपमा कम जोडिएका छौँ, ध्यानकेन्द्रित गर्न सकिरहेका छैनौँ र हाम्रो दिमाग मलिन हुँदै गइरहेको छ । अझ युवाहरू साथीहरूको दबाबका कारण धेरै संवेदनशील हुन्छन्, अपरिचितबाट दुर्व्यवहारको सामना गर्ने बढी खतरामा हुन्छन् र कुलतका दृष्टिले बढी जोखिममा छन् । केही दिनअघि क्यालिफोर्नियाकी एक महिलाले आफू बाल्यकालमै हुँदा सामाजिक सञ्जालको कुलतमा परेको र त्यसले आफ्नो मानसिक स्वास्थ्यलाई हानि गरेको भन्दै गुगल र मेटाविरुद्ध अदालतमा उजुरी दिएकी थिइन् । सोही उजुरीबारे अदालतले सुनुवाइ गर्यो ।
कसैलाई पनि प्रतिबन्ध मन पर्दैन । हो, युवाहरूले यसलाई छल्ने तरिका फेला पार्नेछन् । हो, उमेर प्रमाणीकरणले कसरी काम गर्छ भन्नेबारे धेरै प्रश्नहरू छन् । र, प्रतिबन्ध हटाइएपछि र १७ वर्षका बालबालिकालाई सामाजिक सञ्जालको अस्पष्ट संसारमा खुलासा गर्दा के हुन्छ ? पक्कै पनि यौन शिक्षाविना आउने प्रतिबन्ध प्रहरीको कामजस्तो देखिन्छ ।
न त प्रतिबन्धले प्रभावकारी व्यक्तिहरू, अभिभावक र शिक्षकहरूको वास्तविक समस्यालाई सम्बोधन गर्छ । अझै पनि म केवल एक कारणले प्रतिबन्धका पक्षमा छु । यसले आधुनिक अभिभावकत्वको अविश्वसनीय रूपमा कठिन कामलाई अलि सजिलो बनाउनेछ । सामाजिक सञ्जालको हानिसँग लड्न, अभिभावक, विद्यालय र सरकार मिलेर काम गर्नुपर्छ । यसको लागि साँच्चै एउटा गाउँ चाहिन्छ ।
(पत्रकारितामा ३५ वर्षभन्दा बढीको अनुभव भएकी भण्डारे लैंगिक र सामाजिक मुद्दामा कलम चलाउँछिन्)
हिन्दुस्तान टाइम्सबाट