प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार भएको शान्तिपूर्ण मतदानपछि सिराहाका ४ निर्वाचन क्षेत्रमध्ये शुक्रबार बिहानदेखि ४ नम्बर क्षेत्रको मतगणना सुरु भएको छ । मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयमा बिहान सवा ६ बजेदेखि मतगणना थालिएको निर्वाचन अधिकृत शिव वाग्लेले जानकारी दिए । कुल एक लाख ६ हजार ६०६ मतदाता रहेको उक्त क्षेत्रमा बिहीबार ७० हजार ७७ मत खसेको जिल्ला निर्वाचन कार्यालय सिराहाले जनाएको छ ।
सिराह १ को लहानस्थित निर्वाचन अधिकृत फणीन्द्रराज भट्टराईका अनुसार बिहीबार राति दल तथा स्वतन्त्र उम्मेदवारहरूसँगको बैठक सम्पन्न भइसकेकाले शुक्रबार बिहान ९ बजेदेखि मतगणना सुरु हुँदै छ। यो क्षेत्रको मतगणना लहान नगरपालिका– १० स्थित नगर सभाहलमा हुँदै छ भने सिराहा २ र ३ मा बिहान सर्वदलीय बैठक बस्न लागेको जनाइएको छ ।