काठमाडौको क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुरुवाती अग्रता लिएका छन्। गोकर्णेश्वर नगरपालिका १ को मतगणना गर्दा उनी १०४१ मत ल्याएका छन् भने दोस्रो स्थानमा रास्वपाका राजु पाण्डे छन्। पाण्डेले ७४८ मत पाएका छन्।
तेस्रो स्थानमा रहेका कांग्रेसका रमेश अर्यालको २९८ तथा एमालेका रामेश्वर फुयालको २७९ मत रहेको छ। नेकपाका उम्मेदवारको ३५ मत छ। २५६६ मत गन्दा यो मतपरिणाम आएको हो।
हालसम्म गोकर्णेश्वर १ मा पर्ने सबै मतदानस्थलको गणना सकिएको निर्वाचन अधिकृत चमिला भट्टराईले बताइन्। उनका अनुसार यहाँ हालसम्म ११२ मत बदर भएको छ।