कर्णालीमा खस्यो ५२.५ प्रतिशत मत

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि भइरहेको मतदानमा कर्णालीमा ५२ दशमलव ५ प्रतिशत मत खसेको छ ।
कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी हुम्लामा ६३ दशमलव ६४ प्रतिशत मत खसेको छ ।

हुम्लामा ३४ हजार आठ सय पाँच मतदातामध्ये २२ हजार ४७ जनाले मत खसालेका हुन् । त्यस्तै, डोल्पामा ६३.१४ प्रतिशतले मत खसालेका छन् । २५ हजार पाँच मतदातामध्ये १५ हजार सात सय ८७ जनाले मत दिएका छन् । 

मुगुमा ५८ दशमलव ९० प्रतिशत मत खसेको छ । कुल ३६ हजार छ सय पाँच मतदातामध्ये २१ हजार पाँच सय ६२ जनाले मत हालेका छन् ।

रुकुमपश्चिममा ५७ दशमलव ९७ प्रतिशत मत खसेको छ । कुल एक लाख सात हजार सात सय ४८ मतदातामध्ये ६२ हजार चार सय ६५ जनाले मतदान गरेका छन् । जाजरकोटमा ५६ दशमलव १४ प्रतिशत मतदाताले मतदान गरेका छन् । कुल एक लाख आठ हजार चार सय ७९ मतदातामध्ये ६० हजार आठ सय ९७ जनाले मतदान गरेका हुन् ।

जुम्लामा ५६ दशमलव ०४ प्रतिशत मत खसेको छ । कुल ७२ हजार चार सय ४४ मतदातामध्ये ४० हजार पाँच सय ९८ जनाले मत खसालेका हुन् । 

कालिकोटमा ४८ दशमलव ६२ प्रतिशत मत खसेको छ । कुल ८५ हजार ४४ मतदातामध्ये ४१ हजार तीन सय ५० जनाले मत खसालेका छन् । सल्यानमा ४४ दशमलव ४० प्रतिशत मत खसेको छ । कुल एक लाख ६४ हजार छ सय ४८ मतदातामध्ये ७३ हजार एक सय चार जनाले मत खसालेको निर्वाचन आयोगको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईले जानकारी दिए ।

त्यस्तै सुर्खेत क्षेत्र नं १ मा ५३ दशमलव १९ प्रतिशत मत खसेको छ । कुल एक लाख २२ हजार नौ सय दुई मतदातामध्ये ६५ हजार तीन सय ७१ जनाले मतदान गरेका हुन् । क्षेत्र नं. २ मा ५५ दशमलव ९७ प्रतिशत मत खसेको छ । कुल एक लाख २७ हजार छ सय ६८ मतदातामध्ये ७१ हजार चार सय ५५ जनाले मतदान गरेका छन् । 

दैलेख क्षेत्र नंं. १ मा ४९ दशमलव ३५ प्रतिशत मत खसेको छ । कुल ८१ हजार दुई सय ८७ मतदातामध्ये ४० हजार एक सय १५ जनाले मतदान गरेका छन् र क्षेत्र नं. २ मा ४३ दशमलव ०१ प्रतिशत मत खसेको छ । कुल ८१ हजार पाँच सय तीन मतदातामध्ये ३५ हजार ५८ जनाले मतदान गरेका छन् । 

कुल १० लाख ४८ हजार एक सय ३८ मतदातामध्ये पाँच लाख ४९ हजार आठ सय नौ जना मतदाताले मत खसालेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
 

सुझावित समाचार