दिउँसो साढे ४ बजेसम्म देशभरि ९० लाखभन्दा धेरै मत खसेको छ। निर्वाचन आयोगका अनुसार ९० लाख ३६ हजार मत खसिसकेको छ।
सबैभन्दा धेरै काठमाडौं उपत्यकामा ५७ प्रतिशत तथा मधेशमा कम ४० प्रतिशत मतदान भएको छ। समग्रमा ४८ प्रतिशत मतदान भएको छ।
कोशीमा ४९, बागमतीमा ४९, गण्डकीमा ४९, लुम्बिनी र कर्णालीमा ५०–५० तथा सुदूरपश्चिममा ४७ प्रतिशत मतदान सम्पन्न भएको छ।
