काभ्रेपलाञ्चाेक जिल्लामा बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ । अहिले ३ बजेसम्म ४१ प्रतिशत मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालय काभ्रेका अनुसार एक लाख ३२ हजार ४८ मत खसेको छ । महिला ५९ हजार १८५ र पुरुष ७२ हजार ८३६ मत खसेको छ ।
जिल्लामा एक लाख ६७ हजार ४९९ पुरुष, एक लाख ५९ हजार ११० महिला र अन्य दुईजनासहित तीन लाख २६ हजार ६११ मतदाता रहेकोमा अहिलेसम्म करिब ४१ प्रतिशत मत खसेको हो ।
क्षेत्र नम्बर १ मा ९५ मतदानस्थल र १९८ वटा मतदान केन्द्र, क्षेत्र नम्बर २ मा ९४ मतदानस्थल र २०२ वटा मतदान केन्द्र गरी जम्मा १८९ मतदानस्थल र चार सयवटा मतदान केन्द्र रहेका छन् ।