मकवानपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहान नाै बजेसम्म करिब १२ प्रतिशत मत खसेको छ । बिहान सात बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा भइरहेको छ ।
बागमती प्रदेश निर्वाचन कार्यालयका अनुसार जिल्लाभरका मतदान केन्द्रहरूमा मतदाता बिहानैदेखि लाइनमा बसेर मतदान गरिरहेका छन् । हालसम्म कुनै ठुलो अवरोधविना मतदान प्रक्रिया अघि बढिरहेको छ ।
मकवानपुरमा प्रतिनिधिसभा निर्वाचनका लागि दुईवटा निर्वाचन क्षेत्र रहेका छन्। जिल्लाभर १६७ मतदानस्थल र ३७४ मतदान केन्द्रमार्फत मतदान भइरहेको छ। सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना परिचालन गरिएको छ।
निर्वाचन अधिकारीहरूका अनुसार बिहानैदेखि अधिकांश मतदान केन्द्रमा मतदाताको उपस्थिति देखिएको छ र दिन बढ्दै जाँदा मतदान प्रतिशत अझ बढ्ने अपेक्षा गरिएको छ । जिल्लाभर मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ ।