मौन अवधिमा मतदातालाई प्रभावित पार्न पैसा बाँड्न हिँडेको आरोपमा झापाको दमकमा एक युवक पक्राउ परेका छन्। दमक– ७, श्रीपाली चोकबाट एक युवकलाई बुधबार बेलुका सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रदेश १–०२–०५० प ५३९८ नम्बरको स्कुटर, एक लाख २७ हजार नगदसहित ती युवकलाई सशस्त्र सुरक्षा बेस बेलडाँगीबाट खटिएको असइ धरणीधर पोख्रेल नेतृत्वको टोलीले पक्राउ गरेको हो। उनीमाथि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएकोमा छ।
निर्वाचनमा पैसा बाँड्ने तथा आचारसंहिताविपरीतका गतिविधिमा संलग्नलाई निगरानी र कारबाही भइरहेको झापा प्रहरीले जनाएको छ।