कञ्चनपुरमा एक निर्वाचन प्रहरीको मृत्यु भएको छ। सोमबार खाना पकाउने क्रममा एक्कासि बिरामी परेका निर्वाचन प्रहरी मानसिंह रानाको मृत्यु भएको हो।
कञ्चनपुरका प्रहरी प्रवक्ता हेमबहादुर शाहीले उपचारका क्रममा धनगढीको निसर्ग अस्पतालमा रानाको मृत्यु भएको बताए। प्रवक्ता शाहीका अनुसार खाना पकाउने क्रममा बेहोस भएका रानाको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो।
निर्वाचन प्रहरी राना पुनर्वास नगरपालिका– ९, सीताबस्तीस्थित जीवनशक्ति आधारभूत विद्यालय बुथ केन्द्रमा खटिएका थिए। लालझाडी गाउँपालिका– ३, बल्मीका ३५ वर्षीय रानाको शव परिवारलाई बुझाइएको प्रवक्ता शाहीले जानकारी दिए।