पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्टमा भीषण आगलागी

मंगलबार, १९ फागुन, २०८२
डिजिटल संस्करण
पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्टमा भीषण आगलागी

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

ललितपुरको पुल्चाेकस्थित दाउरा थकाली रेस्टुरेन्टमा भीषण आगलागी भएको छ। 

आगो नियन्त्रण गर्न ललितपुर महानगरपालिकाको दमकल घटनास्थलमा परिचालन गरिएको छ। त्यसबाहेक नेपाल प्रहरी र  सशस्त्र प्रहरीको दमकल पनि घटनास्थलमा परिचालन गरिएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागीको कारण र क्षतिको विवरण आइसकेको छैन। आगो नियन्त्रण गर्न सुरक्षाकर्मी घटनास्थलमा परिचालन भएको ललितपुर प्रहरीका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए।

सुझावित समाचार