निर्वाचन व्यवस्थापन र कर्मचारी खटनपटनका सबै काम सम्पन्न : आयोग

सोमबार, १८ फागुन, २०८२
डिजिटल संस्करण

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन र कर्मचारी खटनपटनको काम सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन तयारी पूरा भएको जानकारी दिँदै मतदान अधिकृतहरू सम्बन्धित मतदान केन्द्र र स्थलमा पुगिसकेको बताए। मतदान प्रक्रियाका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पनि सम्बन्धित स्थानमा पुर्याइसकिएको उनले स्पष्ट पारे।

आयोगले निर्वाचन प्रचारप्रसारका लागि ४ फागुनदेखि १८ फागुन (सोमबार) सम्मको समय निर्धारण गरेको थियो। आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने र मतदान प्रक्रिया सम्पन्न नभएसम्म कायम रहने आयोगले जनाएको छ।

आयोगले मतदातालाई निर्धक्क र शान्तिपूर्ण वातावरणमा मतदान गर्न आग्रह गर्दै सम्बन्धित निकायहरूलाई आवश्यक समन्वय र सहयोगका लागि निर्देशन दिएको छ।

सुझावित समाचार