इतिहासमा आज

आइतबार, १७ फागुन, २०८२
डिजिटल संस्करण

सन् २०२० : अफगानिस्तानमा १८ वर्षदेखि चलिरहेको अमेरिकी अतिक्रमण अन्त्य गर्ने विषयमा अमेरिका र अफगान विद्रोही फौज तालिबानबिच कतारको राजधानी दोहामा एक सम्झौता भयो ।

सन् १८८० : आठ वर्षअघि निर्माण सुरु भएको स्विट्जरल्यान्डको गोटहार्ड रेल सुरुङको निर्माण पूरा भयो । दुई वर्षपछि सञ्चालनमा आउँदा १५ किलोमिटर लामो यस सुरुङमार्गले विश्वको सबैभन्दा लामो सुरुङमार्गको रेकर्ड राखेको थियो ।

सन् १९६४ : लिन्डन बी. जोनसनले उनको देशले गोप्य रूपमा उच्च गतिको उच्च उचाइमा उड्ने युद्धक विमान ‘लोकहिद एसआर–७१ ब्ल्याकवर्ड’ विकास गरिरहेको सार्वजनिक गरे ।

सन् १९६८ : अमेरिकाले आणविक बमयुक्त विमानको नियमित उडान रोक्ने घोषणा गर्यो ।

सन् १९८४ : पियरे ट्रुडोले (वर्तमान क्यानेडेली प्रधानमन्त्री जस्टिन ट्रुडोका पिता) १५ वर्ष लामो शासन अवधिपछि अर्को कार्यकालका लागि क्यानडाका प्रधानमन्त्रीमा नउठ्ने घोषणा गरे ।

सन् १९८८ : सन् १९७२ देखि १९८१ बिच संयुक्त राष्ट्र संघका महासचिव रहेका तत्कालीन अस्ट्रियाली राष्ट्रपति कुर्त वाल्डहेइमलाई दोस्रो विश्वयुद्धको आसपास युद्ध–अपराधमा संलग्न देखाउने नाजी दस्ताबेज फेला पर्यो ।

सन् १९९६ : सर्बियाली फौजले बोस्निया–हर्जगोभिनाको राजधानी साराजेभोमाथिको १४९५ दिन लामो घेराबन्दी अन्त्य गर्यो । यसलाई आधुनिक युद्धमा कुनै देशको राजधानीमाथिको सबैभन्दा लामो घेराबन्दी मानिन्छ ।

सन् २००४ : जनआन्दोलनपछि हैटीका राष्ट्रपति जँ–बरट्रान्ड एरिस्टाइडले राजीनामा दिए ।

सुझावित समाचार