मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका पछिल्ला घटनाक्रमलाई ध्यानमा राख्दै युनाइटेड अरब इमिरेट्स (युएई)स्थित नेपाली दूतावासले (युएई) मा रहेका सम्पूर्ण नेपाली नागरिकलाई लक्षित गर्दै सुरक्षा एड्भाइजरी जारी गरेको छ।
दूतावासले जारी गरेको सूचनामा मध्यपूर्वको परिस्थितिलाई मध्यनजर गर्दै युएईमा बसोबास गरिरहेका नेपालीहरूलाई अनावश्यक यात्रा नगर्न, उच्च सतर्कता अपनाउन तथा युएई सरकार र नेपाली दूतावास/महावाणिज्य दूतावासबाट जारी गरिएका सुरक्षा निर्देशनहरूको पूर्ण पालना गर्न अनुरोध गरिएको छ।
एड्भाइजरीमा सम्भावित आपतकालीन अवस्था, सूचना, सल्लाह तथा सहयोगका लागि अबुधाबीस्थित नेपाली दूतावास र दुबईस्थित नेपाली महावाणिज्य दूतावासको सम्पर्क विवरण पनि सार्वजनिक गरिएको छ।
दूतावास, अबुधाबीको सम्पर्क नम्बर +९७१ ५०८१८०२८० रहेको छ भने इमेलमार्फत पनि सम्पर्क गर्न सकिने जनाइएको छ। त्यस्तै, दुबईस्थित नेपाली महावाणिज्य दूतावासको फोन/ह्वाट्सएप नम्बर +९७१ ५०३९४९३०४ रहेको छ।
दूतावासले युएईमा रहेका नेपाली नागरिकलाई अफवाहमा नलाग्न, आधिकारिक स्रोतबाट मात्र सूचना लिन र आवश्यक सतर्कता अपनाउन विशेष आग्रह गरेको छ।
-17722792412026-02-28-05-42-43.jpeg)