तस्बिरमा मगर एकता दिवस

शुक्रबार, १५ फागुन, २०८२
डिजिटल संस्करण

मगर समुदायले आज मगर एकता दिवस मनाएका छन्। मगर समुदायका व्यक्तिहरू राजधानी काठमाडौंको टुँडिखेलमा परम्परागत सांस्कृतिक पहिरनमा भेला भई नाचगान र एक–आपसमा शुभकामना आदान–प्रदान गर्दै दिवस मनाएका हुन्।

टुँडिखेलमा औपचारिक रूपमा कुनै विशेष कार्यक्रम आयोजना नभए पनि मगर समुदायका युवायुवती भेला भएर दिवस मनाएका छन्। मगर समुदायले आफ्नो अधिकार, पहिचान र अस्तित्वको संरक्षणका लागि एकजुट भएको ऐतिहासिक क्षणको सम्झनामा हरेक वर्ष फागुन १५ गते मगर एकता दिवस मनाउँदै आएका छन्।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार