निर्वाचन परिणाम घोषणा नभएसम्म मादक पदार्थकाे बिक्री–वितरण र सेवनमा प्रतिबन्ध

शुक्रबार, १५ फागुन, २०८२
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार राति १२ बजेदेखि मादक पदार्थको बिक्री–वितरण, ओसारपसार र सेवनमा प्रतिबन्ध लगाएको छ।

प्रशासनले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि मादक पदार्थको बिक्री–वितरण, ओसारपसार तथा सेवनमा प्रतिबन्ध लगाएको हो।

‘...काठमाडौं जिल्लाभित्र २०८२/११/१५ गते राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि मादक पदार्थको बिक्री–वितरण, ओसारपसार तथा सेवनमा प्रतिबन्ध लगाइएको छ,’ प्रशासनको सूचनामा भनिएको छ।

सुझावित समाचार