बुटवलमा कांग्रेसको चुनावी सभालाई सभापति थापाले सम्बोधन गर्ने

बिहिबार, १४ फागुन, २०८२
डिजिटल संस्करण

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले भोलि शुक्रबार बुटवलमा बृहत् चुनावी सभा गर्दै छ। रुपन्देहीकेन्द्रित सभा बुटवलको देवीनगरमा आयोजना गरिएको कांग्रेसले जनाएको छ।

सभालाई पार्टी सभापति गगनकुमार थापाले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सभामा थापाले वर्तमान राजनीतिक अवस्था, लोकतान्त्रिक सुदृढीकरण, सुशासन, रोजगारी सिर्जना, युवा सहभागिता तथा आर्थिक रूपान्तरणका विषयमा पार्टीको धारणा राख्ने कांग्रेस रुपन्देहीले जनाएको छ।

नेपाली कांग्रेस रुपन्देही–२ का सभापति प्रजापाल गिरीले रुपन्देहीमा कांग्रेसको पक्षमा जनलहर देखिएको दाबी गर्दै भोलिको सभाले त्यसको स्पष्ट सन्देश दिने बताए। प्रधानमन्त्रीका उम्मेदवारसमेत रहेका पार्टी सभापतिसहितका नेताहरूको उपस्थितिले स्थानीय उम्मेदवारको जित सुनिश्चित गर्न थप ऊर्जा र उत्साह थप्ने विश्वास लिइएको कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले बताए।

५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा कांग्रेसबाट क्षेत्र नं १ मा हिराबहादुर खत्री, २ मा चुन्नप्रसाद शर्मा पौडेल, ३ मा सुशील गुरुङ, ४ मा आसुतोष मिश्रा र ५ मा भरतकुमार शाह उम्मेदवार रहेका छन्।

सुझावित समाचार