टी–२० विश्वकप २०२६ को आयोजक राष्ट्र श्रीलंका सुपर ८ चरणबाटै बाहिरिएको छ। बुधबारको खेलमा न्युजिल्यान्डसँग पराजित भएसँगै श्रीलंकाको सेमिफाइनल सम्भावना समाप्त भएको हो। सुपर ८ को पहिलो खेलमा श्रीलंका इंग्ल्यान्डसँग पराजित भएको थियो।
बुधबारको खेलमा न्युजिल्यान्डले श्रीलंकालाई ६१ रनले पराजित गरेको हो। पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले १६९ रनको लक्ष्य दिएकोमा श्रीलंका १०७ रनमै सीमित भयो।
समूह ‘बी’बाट दुई जित निकालेर इंग्ल्यान्ड सेमिफाइनल पुगिसकेको छ। अब एक स्थानका लागि पाकिस्तान र न्युजिल्यान्डबिच प्रतिस्पर्धा छ।
बिहीबार समूह ‘ए’मा भारत र जिम्बावेबिच प्रतिस्पर्धा छ। पहिलो खेलमा दक्षिण अफ्रिकासँग ठुलो अन्तरले हारेको भारत जित्नैपर्ने दबाबमा छ।