हेटौँडामा बुधबार बिहान भएको सवारी दुर्घटनामा दुई युवाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका– १९, बस्तीपुरमा ना.४३प २२१ नम्बरको मोटरसाइकललाई हाल नम्बर खुल्न नसकेको सवारीसाधनले ठक्कर दिएको थियो ।
दुर्घटनामा परी मकवानपुरको राक्सिराङ गाउँपालिका– १ का २२ वर्षीय सञ्जित स्याङ्तान र सोही ठाउँका १८ वर्षीय अमोश थिङ गम्भीर घाइते भएका थिए । उनीहरूको उपचारका क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
मकवानपुरका प्रहरी प्रमुख एसपी श्यामबहादुर खत्रीका अनुसार ठक्कर दिने सवारी दुर्घटनालगत्तै फरार भएको छ । ‘सवारीको पहिचानका लागि घटनास्थल आसपासका सिसिटिभी फुटेज संकलन गरी प्रत्यक्षदर्शीसँग सोधपुछ गरिरहेका छौँ,’ उनले भने । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।