नेपाल आउने पर्यटकको फर्जी उद्धारका नाममा भएको ठगी घटनामा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ। हेलिकोप्टर व्यवसायी रहेका विमान सेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंह र रोयल होलिडेज ट्राभलका सञ्चालक सन्दीप तिवारीलाई पक्राउ गरेको हो।
यसअघि यस प्रकरणमा सिआइबीले सातजनालाई पक्राउ गरिसकेको छ।
