वीरगन्जकाे श्रीपुर टोलमा दुई समुदायबिच विवाद, स्थानीय प्रशासनले लगायो कर्फ्यु

सोमबार, ११ फागुन, २०८२
डिजिटल संस्करण

वीरगन्ज महानगरपालिका– ११, श्रीपुर टोलमा आइतबार बेलुकी दुई समुदायबिच विवाद भएपछि कर्फ्यु लगाइएकाे छ ।आइतबार साँझको समयमा स्थानीय युवाहरूबिच कुटपिट हुँदा स्थिति तनावग्रस्त बनेपछि साेमबार ९:४५ बजेबाट कर्फ्यु आदेश भएको हो । 

जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनाअनुसार दक्षिणमा भन्सार, उत्तरमा गण्डक चोक, पूर्वमा बाइपास र पश्चिममा सिर्सिया नदीसम्म कर्फ्यु आदेश भएको  उल्लेख छ। कर्फ्यु अवधिभर अतिआवश्यक सेवाहरू, सवारीसाधनहरू सञ्चालनमा रहने पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गरेको सूचनामा उल्लेख छ ।

कर्फ्यु आदेश भएपछि प्रहरी र नेपाली सेना परिचालन भएपछि स्थिति सामान्य बनेको पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार केही युवाहरूबिच विवाद भई कुटपिट हुँदा त्यही विषयलाई लिएर तनाव उत्पन्न भएको हो । 

एक समूह प्रहरीको घेरा तोडेर अर्को समुदायतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेर भिडलाई तितरबितर पारेको उनले बताए । अहिले पनि ठुलो मात्रामा प्रहरी र सेना परिचालन भएका छन् ।
 

See More On

सुझावित समाचार