भेरी नदीमा हाम फाल्दा महिला बेपत्ता

शुक्रबार, ८ फागुन, २०८२
डिजिटल संस्करण

सल्यानमा भेरी नदीकाे पुलबाट हाम फालेर एक युवती नदीमा बेपत्ता भएकी छिन् । बनगाड कुपिण्डे नगरपालिका– १, जडागौँडास्थित भेरी नदीमाथि रहेको पक्की पुलबाट हाम फाल्दा दाङ तुलसीपुर उपमहानगरपालिका– ६, बरुवागाउँकी २१ वर्षीया पुष्पा सिंह बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

माइतीघर आएकी पुष्पाले पुलबाट हाम फाली बेपत्ता भएको भनी श्रीमानले प्रहरीलाई खबर गरेपछि प्रहरी र  स्थानीयको सक्रियतामा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीले जानकारी दिए । नदीमा हाम फाल्नुको कारण खुल्न नसकेको उनको भनाइ छ । 

यस्तै, भेरी नदीमा बेपत्ता भएकी सिहंको खोजतलास गर्ने क्रममा एकजना नदीमा डुबेको अवस्थामा उद्धार गरिएको छ । बनगाड कुपिण्डे नगरपालिका– १ का ४१ वर्षीय जितेन्द्र शाह नदीमा डुबेका थिए । उनको उद्धार गरी मेहलकुना अस्पताल सुर्खेतमा उपचारपश्चात् डिस्चार्ज भएको प्रहरीले जनाएको छ । 

सुझावित समाचार