निर्वाचन आयोगका अनुसार फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सात राजनीतिक दल र ८६७ उम्मेदवारले निर्वाचन प्रयोजनका बैंक खाता खोली अद्यावधिक विवरण बुझाएका छन्।
आयोगले स्वीकृत गरेको निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२ अनुसार सबै दल, उम्मेदवार र स्वतन्त्र उम्मेदवारले आम्दानी–खर्च कारोबार अनिवार्य रूपमा सोही खातामार्फत गर्नुपर्ने व्यवस्था छ।
चुनावी खर्चमा पारदर्शिता र सीमा पालना सुनिश्चित गर्न आयोगले राजनीतिक दलका प्रतिनिधिसँग छलफल कार्यक्रमसमेत सञ्चालन गरिरहेको जनाएको छ।