निर्वाचनविरोधी गतिविधिमा संलग्न पाँचजना स्वयम्भूबाट पक्राउ

बुधबार, ६ फागुन, २०८२
डिजिटल संस्करण

निर्वाचनविरोधी गतिविधिमा लागेको आरोपमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका पाँच नेता तथा कार्यकर्ता बुधबार पक्राउ परेका छन्।

केन्द्रीय सस्दस्य नरेन्द्र विके भन्ने नरेन्द्रबहादुर रिजाल, नेकपा(बहुमत) निकट विद्यार्थी नेतृ सुप्रिया नेपाली, नेकपा बहमुतकै सदस्य वीरजन विश्वकर्मा, स्वर्णिम विके र नवलबहादुर भुललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ। उनीहरूलाई स्वयम्भूबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । 
यस्तै कसुरमा यसअघि दुर्गा प्रसाई‌सहित, ऋषि कट्टेल, धर्मेन्द्र बाँस्तोलालगायत पक्राउ परिसकेका छन्। 
 

सुझावित समाचार